कार्तिक २४, २०७३
कास्कीको घाचोकमा डान्सिङ आइडल हुने भएको छ । डान्सिङ आइडलका लागि पहिलो चरणको अडिसन सम्पन्न भैसकेको छ । पहिलो चरणको अडिसनबाट छनौट भएकाहरूबाट अर्को चरणमा छनौटका लागि पोखरा उद्योग वाणिज्य संघको हलमा दोस्रो अडिसन हुनेछ । यो प्रतियोगिताको फाइनल भने आगामी मंसिर १७ गते सुरु हुने दोस्रो घाचोक महोत्सवमा हुनेछ ।
पोखराबाट १५ किलोमिटरको दूरीमा रहेको घाचोक गाउँमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि दोस्रो पटक आयोजना गर्न लागिएको महोत्सवमा डान्स आइडलका साथै अन्तरगाविस रत्यौली गीत प्रतियोगिता, दुना–टपरी गाँस्ने प्रतियोगिता, पर्यटक दौड, विविध सांस्कृतिक कार्यक्रम, हास्य प्रस्तुतिसहित मौलिक झाँकी आदि प्रदर्शन गरिने क्लबका अध्यक्ष मौसम कार्कीले जानकारी दिए ।