• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मीरालाई जिताउने जिम्मेवारी अनलाइन भोटिङमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मीरालाई जिताउने जिम्मेवारी अनलाइन भोटिङमा
मंसिर ३, २०७३

 

असाधारण साहसिक सफलता प्राप्त गर्ने विश्वका १० साहसी खेलाडीको सूचीमा नेपालकी विश्व चर्चित धाविका मीरा राई पनि परेकी छिन् । विश्वका धेरै दौड प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेकी मीरा नेसनल जियोग्राफी ‘एडभेन्चर अफ द इयर’को सूचीमा टपटेनभित्र पर्न सफल भएकी हुन् । 

 

नेसनल जियोग्राफीले मीरासहित टपटेनभित्र परेका १० साहसिक खेलाडीको सूची गत शुक्रबार सार्वजनिक गरेको हो । नेसनल जियोग्राफीले हरेक वर्ष सञ्चालन गर्ने प्रतिस्पर्धाको यो १२ औं संस्करण हो । पूर्व छापामार हुँदै धाविका बन्ने फरक जीवन कथा बोकेकी मीरा सन् २०१६ को ‘एडभेन्चर अफ द इयर’का लागि छनौट भएकी हुन् । यो प्रतिस्पर्धामा साहसिक खेल, अन्वेषण, मानवीयता र संरक्षण क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिहरूलाई छनौट गरिन्छ । 

साहसी अल्ट्रा ट्रेलर रनर मीरालाई विजेता चयन गर्न ३ नोभेम्बरदेखि अनलाइन भोटिङ सुरु भैसकेको छ । मीरालाई आगामी डिसेम्बर १६ तारिखसम्म भोट गर्न सकिन्छ । विश्वभरबाट गरिने भोटका आधारमा अर्को वर्षको जनवरीमा विजेता घोषित गरिनेछ ।

 

मीरासँगै केभ ड्राइभर क्रिजिस्तोक स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकट शानन स्विट्जर, प्याराग्लाइडर एन्टोली जेरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड, केभिन फेडार्को, वाइल्डरनेस डिफण्डर क्रिस्टिन, म्याडिभिट तोम्प्कीन तथा सेलेस्टियल सर्कुमनेभिगेटर होकु नेसनल जियोग्राफीको मनोनयनमा छन् । 

 

असाधारण मीराको कथा 

भोजपुरको अग्लो हिमाली क्षेत्रमा खेती किसानी गर्ने परिवारमा जन्मिएकी हुन्– मीरा । बाल्यकालमा अरू कैयन नेपाली ग्रामीण बालबालिका झै मीरा पनि बाख्रा चराउँथिन्, दाउरा खोज्थिन्, ४० किलोको धानको भारी बोक्थिन् भने हिमालमा पानी बोकेर ओहोर–दोहोर समेत गर्थिन् ।

उनी आफ्नो जीवनस्तर राम्रो हुने कल्पना गर्थिन् तर गाउँघरमा त्यस्तो कुनै सम्भावना थिएन । अझ युवतीका लागि त त्यस्ता सम्भावनाहरूको खोजी गर्नु मुर्खताको विषय हुन्थ्यो । ‘गाउँमा त्यस्ता अवसरहरू हुँदैनन्,’ १२ वर्षको उमेरमा स्कुल छाडेकी राईलाई उद्धृत गर्दै नेसनल जियोग्राफीले लेखेको छ । 

 

सानैदेखि अवसरहरूको सपना देख्ने मीरा १४ वर्षकै उमेरमा माओवादी छापामार बन्न पुगेकी हुन् । उनले माओवादीमा रहेर छापामारको तालिम पनि लिइन् । दुई वर्ष माओवादी क्याटोनमेन्टमा बिताएपछि लडाकु समायोजन प्रक्रिया सुरु भयो । उनी भने अयोग्य लडाकु घोषित भइन् । अयोग्य लडाकु घोषित भएपछि गाउँमा पुनस्थापित हुन सहज थिएन । त्यसैले उनी अवसरको खोजीमा लागिन् । 

यही क्रममा माओवादी शिविरमा भेटिएका कराँते प्रशिक्षक मीराको प्रतिभाका सम्बन्धमा जानकार थिए । उनले अन्य कराँते खेलाडी तथा प्रशिक्षकहरूसँग उनको परिचय गराइदिएका थिए । त्यही परिचयले मीरालाई काठमाडौं ल्याइपुर्‍यायो । 

पैसा कमाउने अवसरको खोजीमा मीरा काठमाडौं त आइन् तर उनले कुनै पनि काम पाउन सकिनन् । जब उनको विश्वास र पैसा सक्किइसकेको थियो तब उनले एउटा ठूलो दौड प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । राईले कहिल्यै पनि दौड प्रतियोगितामा भाग लिएकी थिइनन् ।

दौडमा सहभागी हुँदा उनीसँग अरू सहभागीजस्तो न पानी थियो न त खाना नै । ३१ माइल लामो दौडको बाटो असिना र पानीका कारण हिलैहिलो थियो । मीरा सबैभन्दा बढी र कठिन दौडमा सहभागी भएको त्यो पहिलो अवसर थियो । उनी निकै थाकेकी थिइन् । तर, त्यो प्रतियोगिता पूरा गर्ने पहिलो महिला मीरा नै भइन् ।

‘त्यो दौडको बाटो एकदमै कठिन थियो । जब उनले त्यो दौड पूरा गरिन् उनमा खास केही छ भन्ने मलाई लाग्यो,’ ट्ेरल रेसको आयोजना गर्ने एवं नेपाली धावकहरूलाई सहयोग गर्ने संस्था ट्रेल रनिङ नेपालका ब्रिटिस सह–संस्थापक रिचार्ड बुल भन्छन् । उनले पछि राईलाई बस्ने, खाने, भिसा र दौडिने अवसरहरू प्रदान गरे । अर्को वर्ष उनले सबै अपेक्षाहरू पूरा गरिन्, जो भर्खरै २७ वर्षकी थिइन् र त्यस्तो ठाउँबाट आएकी छिन् जहाँ महिलाहरूले खेल खेल्दैनन् । 

सन् २०१५ मा अस्ट्रेलिया र युरोपमा सम्पन्न अन्तर्राष्ट्रिय दौडमा राईले एउटा प्रशंसनीय पुरस्कार हात पारिन् । जुन स्काई रनिङ च्याम्पियनसिपको दोस्रो स्थान थियो । सन् २००१६ मा पनि उनले दौडमा निरन्तर लागि रहने घोषणा गरेकी थिइन् तर, उनी दौडमा भाग लिने क्रममा चोटग्रसत भइन् र सर्जरी नै गराउनुपर्‍यो । आफैं दौडन नसकेपछि उनी अरूलाई दौडका लागि प्रोत्साहन दिन थालिन् ।

 

त्यस क्रममा उनले आफ्नै गाउँमा एउटा दौड प्रतियोगिता सञ्चालन गरिन् । जुत्ता नभएका बालबालिकालाई ९० जोड जुत्ता किनिदिइन् । दाताहरूमार्फत पैसा बटुल्ने काम गरिन् । इटालीको एक दौड प्रतियोगितामा पास्ता बेच्ने काम गरिन र आफ्नो जीवन यात्रामाथि बनाइएको वृत्तचित्र मीरा जुन बान्फ माउन्टेन फिल्म फेस्टिबलमा फाइनलिस्ट बन्न पुग्योका च्यारिटी प्रदर्शन गरिन् । 

मध्य अक्टोबरमा सय जनाभन्दा बढी मानिस उनले आयोजना गरेको प्रतियोगितामा भाग लिँदै भोजपुरका सुख्खा पहाडहरूमा दौडिए । राईले हिमालमा दौडिरहेका १५ देखि ३५ वर्ष उमेरका सबै प्रतियोगीलाई हेरिन्, उनीहरू सबैको अनुहारमा खुसी दौडिरहेको थियो । 

‘मीराबाट चाहना राख्ने हो भने सबै कुरा सम्भव छ भन्ने कुरा सिक्न सकिन्छ,’ दुई पटक राष्ट्रिय रक क्लाइबिङ च्याम्पियन समेत रहेका उनका साथी निरज कार्की भन्छन्, ‘जस्तोसुकै नराम्रो स्थितिबाट आए पनि मेहनत गरे सबै कुरा सम्भव छ, पूर्ण लगाव तथा मानिसहरूको साथले अवसरहरू सिर्जना गरिछाड्छ । २६ जुन २०१५ मा फ्रान्समा भएको ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथनको विश्व च्याम्पियन प्रतियोगिता १२ घण्टा ३२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेपछि मीरा राईको चर्चा विश्वभर चुलियो । 

सन् २०१६ को सुरुवातमा उनले इटालीमा सम्पन्न स्काइ रनिङ अल्ट्रा रेसमा दोस्रो स्थान हासिल गरिन्, जसका कारण उनी विश्वको दोस्रो वरियतामा उक्लन सफल भएकी थिइन । मीराले हङकङमा आयोजित ५० किलोमिटरको एसियन च्याम्पिनसीप जितिन् भने सन् २०१४ मा इटालीमा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा पनि च्याम्पियन भइन् । यस्तै उनी नर्वेमा भएको ८० किलोमिटरको अल्ट्रा म्याराथन पनि जित्न सफल भएकी थिइन् । 

त्यसबाहेक पनि उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गर्दै आएकी छिन् । छोटो समयमै नेपालीकी पहिलो व्यवसायिक अल्ट्रा धावक बन्न सफल मीराको उदय तीव्र गतिमा भएको छ ।

 

—नेसनल जियोग्राफीसहित एजेन्सीहरूको सहयोगमा 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik