साप्ताहिक संवाददाता
मंसिर १२, २०७३
संगीतकर्मी अजय अधिकारी सुशीलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना श्रोतालाई ‘मनको रहर’ सांगीतिक एल्वम सार्वजनिक गरेका छन् । सार्वजनिक समारोहमा उनले आफ्नो एल्वममा रहेको मलाई माया गर्छु भन्ने बोलको गितको म्यूजिक भिडियो समेत सार्वजनिक गरे ।
अहिलेकी चर्चित गायिका मेलिना राईसंग गाएको उक्त गीतको शब्द र संगित सुशीलकै रहेको छ । गीतमा मेलिना राईले सुशिललाई साथ दिएपनि म्यूजिक भिडियोमा भने बर्षा सिवाकोटीले साथ दिएकी छिन् ।
निकेश खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन उस्तभ दाहाल र सम्पादन निशान घिमिरेले गरेका छन् ।
लोक रोमान्टिक शैलीमा गाइएको उक्त गीतको म्युजिक भिडियो :