संसारको सबैभन्दा महँगो पदार्थ के होला ? समाचारअनुसार संसारको सबैभन्दा महँगो पदार्थ एन्टिम्याटर हो । १ ग्राम एन्टिम्याटरको मूल्य ५ खर्ब रुपैयाँभन्दा बढी पर्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार एन्टिम्याटर पृथ्वीमा उपलब्ध सबैभन्दा महँगो धातु हो । अनेक थरीका धातुलाई प्रशोधन गरी तयार पारिने एन्टिम्याटर बनाउन प्रति १ मिलिग्राम २ करोड ५० लाख डलर खर्च हुन्छ । यति जानकारी प्राप्त भैसकेपछि लाग्न सक्छ, यो धातुको प्रयोग के होला ? नासाका अनुसार एन्टिम्याटरको प्रयोग अन्तरिक्षमा प्रक्षेपण गरिने रकेटको इन्धनमा गरिन्छ ।
अन्य महँगा पदार्थ
एन्टिम्याटरपछि सबैभन्दा महँगो पदार्थ क्यालिफोर्नियम हो । १ ग्राम क्यालिफोर्नियमको मूल्य ३ अर्ब रुपैयाँ छ । त्यसपछिको मूल्यवान् पदार्थ हिरालाई मानिन्छ । शुद्ध हिराको मूल्य प्रतिग्राम ५० लाख रुपैयाँभन्दा बढी हुन्छ । यो सूचिमा चौथो नम्बरमा ट्रिटियम नामक पदार्थ छ, जसको १ ग्रामको मूल्य ३५ लाख रुपैयाँ पर्छ । त्यसपछि पालो आउँछ ट्याफिट स्टोनको । यो स्टोनको मूल्य प्रतिग्राम २१ लाख रुपैयाँभन्दा बढी हुन्छ ।