• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पैसा नहुँदा काठमाडौंमा रुँदै दिन काटेकी छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल श्रेष्ठ

पैसा नहुँदा काठमाडौंमा रुँदै दिन काटेकी छु
मंसिर २२, २०७३

 

हास्य कलाकारका रूपमा ख्याति कमाएकी दीपाश्री निरौलाले हरेक विधामा आफूलाई उत्कृष्ट सावित गर्दै आएकी छिन् । तीतो सत्य टेलिसिरयल बन्द गरी निर्देशनमा डेब्यु गरेको दीपाको चलचित्र ‘छक्का पन्जा’ ले अहिले सफलताका थुप्रै रेकर्ड ब्रेक गरिरहेको छ । दीपाश्रीले निर्देशन गरेको चलचित्रलाई दर्शकहरूबाट रुचाइएपछि अहिले उनको चर्चा बढेको छ ।

 

दीपाश्री भिडियो फिल्म जमानाकी चर्चित नायिका पनि हुन् । उनले संगिनी, सहनाई रोइरहेछ आदि थुप्रै भिडियो फिल्ममा अभिनय गरेकी छिन् । ‘एउटा मात्र विधामा काम गरेर जीविकोपार्जन गर्न निकै गाह्रो छ, दीपाश्री भन्छिन्, ‘मैले नायिका मात्र हुन्छु भनेको भए उहिल्यै ‘फेजआउट’ हुने थिएँ । त्यसैले मैले सुरुदेखि नै अभिनयका साथै निर्देशनमा समेत ध्यान लगाएँ । समयअनुसार हास्यअभिनयलाई निरन्तरता दिएँ, जसका कारण मैले फुर्सदमा बस्नुपरेको छैन ।’ विराटनगर आएका बेला दीपाश्रीले आफ्ना सेक्रेट कुरा साप्ताहिकमार्फत यसरी सार्वजनिक गरिन् ।

 

आरजे

अभिनयसँगै मैले आरजेको भुमिका समेत निर्वाह गरेकी थिएँ । मैले रेडियो नेपालमा दीपकसँग ‘रामविलास धनियाँ’ कार्यक्रम सञ्चालन गर्दै आएकी थिएँ । त्यसमा मैले धनियाँको भूमिका निर्वाह गरे । आफू तराई मूलकी भएकीले मैले धनियाँको भूमिकामा सहज रूपमा कार्यक्रम सञ्चालन गरेकी थिएँ । उक्त कार्यक्रममा दीपक र मलाई श्रोताहरूले औधी रुचाउनुभयो । मेरा लागि रामविलास धनियाँ कार्यक्रम कलाकारिता क्षेत्रमा ट्रर्निङ प्वाइन्ट बन्यो ।

 

डान्स

म सानैदेखि नृत्यमा रुचि राख्थें । स्कुल अध्ययन गर्दैदेखि विभिन्न प्रतियोगितामा भाग लिन्थें । स्कुल बंक गरेर साथीहरूसँग डान्स कार्यक्रम सहभागी हुन्थेँ ।

 

रुँदै दिन काटे

कलाकारिता क्षेत्रमा संघर्ष गर्ने क्रममा पैसा नभएर एक साल बुवाको हातको टीका लगाउनबाट वञ्चित हुनपर्‍यो । दसैंका बेला काठमाडांैबाट विराटनगर घर जाने गाडी भाडा नहुँदा २०५० सालको दसंै काठमाडांैमै रुँदै काट्नुपरेको थियो । उक्त कुरा सुनेर बुवाले धेरै मन दुखाउनुभयो । त्यसपछिको दसैंमा नियमित रूपमा बुवाको हातको दसैंको टीका साइतमै लगाउँदै आएकी छु । दसैंको अवसरमा विदेशमा हुने कार्यक्रमहरू छाडेर पनि बुवाको हातको टीका लगाउने गरेकी छु ।

 

छठमा व्रत

म तराई मूलकी छोरी भएकीले प्रत्येक वर्ष छठमा व्रत बस्छु । छठ पर्व आउने दुई दिनअघिदेखि चोखो मनले व्रत लिन्छु । छठ मनाउन म प्रत्येक वर्ष विराटनगरको सिंघिया खोला पुग्छु ।

 

रिस

मलाई चिन्ने अधिकांशले कति हँसिली भनेर प्रशंसा गर्नुहुन्छ । म प्राय: हाँसी नै रहेकी हुन्छु । धेरैलाई थाहा नभएको एउटा गोप्य कुराचाहिँ के छ भने म जति हँसिली छु, त्यति नै रिसाहा पनि छु । मलाई हत्तपत्त रिस उठ्दैन, रिस उठिहाल्यो भने पनि तुरुन्तै शान्त हुन्छु । रिस उठेका बेला म प्राय: कसैसँग बोल्दिनँ तर मसँग रिसाएर गएको मान्छे पुन मसँग बोल्न आयो भनेचाहिँ तुरुन्तै फक्किन्छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik