मेष
व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रात:कालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । व्यक्तिगत क्षमताबाट झिना–मसिना समस्या समाधान गर्न सकिनेछ । प्रेमप्रस्ताव राख्ने अपरिचित व्यक्तिहरूसँग समयमै सचेत रहनसके आफ्नो कल्याण हुनेछ । साथीभाइको सहयोगले ओझेलमा परेका कामको गाँठो फुक्नेछ ।
वृष
तत्काल देखिएको आर्थिक अभावलाई निराकरण गर्न अभिभावकबाट सहयोग लिनुहोला । पाहुनाहरूसँग भलाकुसारी गर्दै खानपिनको आनन्द उठाउन पाइनेछ । छोटो समयमै नजिकिएका इष्ट–मित्रप्रति विश्वास गर्दा धोका हुन सक्छ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । जिद्दी गर्ने स्वभावका कारण पछि पर्न सकिन्छ ।
मिथुन
टाढिएका मित्रहरूले पुन: विश्वास प्रकट गर्दै प्रशंसासमेत गर्नेछन् । विदेश यात्राले आकस्मिक लाभ दिलाउने सम्भावना छ । सानै मेहनतले प्रतिस्पर्धीहरूलाई उछिन्दा महत्वपूर्ण जिम्मेवारी हात पर्न सक्छ । हरियो रंगको प्रभाव तथा बोलीको मधुरताका कारण पछाडि छुटेका कार्यहरू पुन: सुचारु हुनेछन् ।
कर्कट
प्रेम जीवनमा खटपट सिर्जना हुन सक्छ । हितैषीहरूको सहयोगमा समस्या निराकरण गर्न सकिनेछ । मेहनत गर्न सके विविध अवसर हात लाग्नेछन् । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्नेछ । भोजभतेरको निमन्त्रणामा सहभागी हँुदा समयको ख्याल गर्नुहोला ।
सिंह
तपाईंको प्रखरता एवं प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । उन्नति देखेर इष्र्या गर्नेहरू छटपटाउनेछन् । कार्य सम्पन्न गर्न विलम्व भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । परिश्रमले परिणाममुखी कार्य सम्पन्न गर्न सघाउनेछ । माङ्गलिक कार्यमा सहभागी हँुदै धन खर्च गर्नुपर्ने हुनसक्छ ।
कन्या
फेसन तथा महँगा वस्त्रमा खर्च हुन सक्छ । प्रेमी–प्रेमिकाले नयाँ चाहना व्यक्त गर्न सक्छन् । ठूलाबडाको भनाइ शिरोधार्य गर्नुमै आफ्नो कल्याण छ । खानपान तथा मनोरञ्जनमा संयमित रहनुहोला । साताको अन्त्यमा यात्रा हुने देखिन्छ ।
तुला
तपार्इंको प्रस्तावलाई सहयोगीहरूले सकारात्मक रूपमा लिनेछन् । मन पराउनेलाई पहेंलो धातु उपहार प्रदान गर्न उत्सुक भइनेछ । भोजभतेरमा सहभागी हुँदा विशिष्ट मित्रहरूसँग परिचित हुने अवसर जुर्न सक्छ । परिवारसँगको भ्रमणले मन हर्षित तुल्याउनेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
वृश्चिक
अवसरको खोजी गर्ने क्रममा जटिल समस्याहरू देखा परे पनि सबै बाधा–अड्चन पार लगाउन सकिनेछ । धेरैको प्रशंसा बटुल्न सकिनेछ । रातो रंगको पहिरनले सफलतानजिक पुर्याउन ऊर्जा दिनेछ । आकस्मिक निमन्त्रणमा सहभागी हुन ढिलासुस्ती गर्दा पछि परिनेछ । राति अबेरसम्मको यात्राले बेफाइदा गर्नेछ ।
धनु
सोचविचार नगरी गरिएको निर्णयले उल्टो परिणाम दिनेछ । धार्मिक कार्यमा सहभागी हँुदै पुण्य आर्जनतर्फ आकर्षित भइनेछ । पुराना कार्यको प्रतिफल प्राप्त हुँदा मन रमाउनेछ । भौतिक साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सप्ताहन्तमा घुमघाम तथा मनोरञ्जनमा समय खर्चिनुपर्नेछ ।
मकर
जुक्ति–बुद्धि लगाए अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । उपहार तथा नगद प्रदान गर्नेहरूबाट टाढै रहनुहोला । गलत मनसाय भएकाहरूले पिछा लाग्न सक्छन् । मित्रवर्गले वचनअनुरूप समयमै आर्थिक सहयोग नगर्दा संकट बेहोर्नुपर्ने हुन्छ । साताको अन्त्यमा यात्रा हुने सम्भावना छ ।
कुम्भ
आफ्नै बलबुतामा जटिल परिस्थितिको सामना गर्नुपर्नेछ । प्रेमको नाटक गर्नेहरूले झुक्याउन सक्छन् । कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । झिना–मसिना कार्यमा अल्भँmदा महत्वपूर्ण समय एवं व्यापार–व्यवसायमा असर पुग्न सक्छ । कार्य व्यस्ततालाई सावधानीका साथ व्यवस्थापन गर्न सके उचाइमा पुग्निेछ ।
मीन
अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त गर्न सकिनेछ, शीघ्र निर्णय गर्दा भविष्य सुरक्षित हुनेछ । स–साना त्रुटि नसच्याउँदा प्रेमिका टाढिन सक्छिन् । साथीभाइको भित्री मनसाय बुझी व्यवहार गर्नुहोला । खानपानको समयतालिका फेरबदल हँुदा स्वास्थ समस्याले सताउन सक्छ । मंगलबारपछिका दिनमा प्रेरणादायक कार्य सम्पन्न हुनेछ ।