• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नम्डा मोबाइल एक्स्पो २०१६
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

नम्डा मोबाइल एक्स्पो २०१६
पुस ३, २०७३

 

पु.स १४ देखि १८ गतेसम्म नम्डा मोबाइल एक्स्पो–२०१६ को आयोजना हुने भएको छ । नेपाल मोबाइल वितरक संघले आयोजना गर्न लागेको नम्डा मोबाइल एक्स्पो सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता एवं अन्य  सेवाप्रदायक सबैलाई एउटै छातामुनि ल्याउने उद्देश्यले गर्न लागिएको हो । 

 

भृकुटीमण्डपमा सञ्चालन हुन लागेको यो एक्स्पोमा नेपाल तथा विदेशका सेवाप्रदायक तथा उत्पादन कम्पनीहरूले अत्याधुनिक उत्पादन तथा प्रविधिको परिचय गराउने एक्स्पो आयोजक संघका महासचिव रघु त्रिपाठीले बताए । मोबाइल फोन कम्पनीका नयाँ उत्पादनको परिचय, कम्पनीद्वारा सेवाप्रदायक तथा ग्राहकबीच अन्तक्र्रिया, ग्राहकलाई विविध प्रकारको फोनको छनोटमा व्यापक अवसर आदि प्रदर्शनीका मुख्य आकर्षण हुने त्रिपाठीले बताए । एक्स्पोमा मूल्य समायोजन एवं व्यापार प्रवद्र्धनका साथ आगन्तुकहरूलाई आकर्षक उपहारसमेत प्रदान गरिनेछ ।

 

उक्त प्रदर्शनी २ लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजक संस्थाको अपेक्षा छ । नयाँ प्रविधि, रमाइला गेम, उपयोगी एप्लिकेसनसहितको यो एक्स्पो मोबाइल पारखीहरूका लागि आकर्षक गन्तव्य बन्नेछ । प्रदर्शनीमा १ सय ३० वटा स्टल रहनेछन्, जसमध्ये १७ वटा मुख्य हलभित्र हुनेछन् । मोबाइल आयातकर्ताहरूले आ–आफ्ना ब्रान्डको परिचय गराउनुका साथै अन्य रिटेल स्टलहरूले मुख्य हलको बाहिर रहेर आकर्षक सेवा प्रदान गरिने एक्स्पो मूलसमारोह समितिका संयोजक दिनेश चुल्याध्योले बताए । 

 

एक्स्पो अवधिभर मोबाइल आयातकर्ताले विभिन्न प्रोमोसनल गतिविधि सञ्चालन गर्नेछन् । मोबाइल वितरकहरूले ग्राहकहरूका लागि छुट्टै सूचना कक्ष राखी उपयोगी एप्लिकेसनहरूको जानकारी गराउनेछन् । यसका साथै रिटेलरका लागि समेत विशेष सेवा सञ्चालन गरिनेछ । त्यस्तै रिटेलर व्यवसायीका स्टलबाट मात्र मोबाइल बिक्री गरिनेछ । नेपाल मोबाइल वितरक संघमार्फत नेपालको इतिहासमै पहिलो पटक मोबाइल उत्पादक कम्पनी, मोबाइल आयातकर्ता, मोबाइल वितरक तथा रिटेलरहरूलाई एउटै छातामुनि ल्याएर यो मोबाइल एक्स्पो सञ्चालन गर्न लागिएको हो । 

 

आजको विज्ञान प्रविधिको युगमा मोबाइल फोन सबैको पहुँचमा पुर्‍याउन यस्ता एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने कुरा पशुपति ट्रेडलिंकका नेसनल सेल्स म्यानेजर भूपाल क्षेत्री बताउँछन् । ‘इम्पोर्टरहरूका तर्फबाट उक्त एक्स्पोलाई सफल पार्न हामी अधिकतम प्रयास गर्नेछौं ।’ इम्पोर्टर कम्पनीका तर्फबाट क्षेत्रीले भने, ‘मोबाइल एक्स्पोका नाममा विगतमा केही व्यक्तिविशेषले सीमित क्षेत्रका केही मोबाइल व्यवसायीलाई मात्र समेटेर मेला सञ्चालन गरे । हामी त्यो परम्परा भत्काउँदैछौं ।’ 

 

यसपटक काठमाडौं, भक्तपुर तथा ललितपुर क्षेत्रका खुद्रा मोबाइल व्यवसायीलाई समेटेर मोबाइल एक्स्पो आयोजना हुने भएकाले यो एक्स्पोले सबै मोबाइल व्यवसायीको हित गर्ने आयोजकहरूको दाबी छ । इन्ट्रोडक्सन ट्रेड शो नेपाललाई प्रदर्शनीको व्यवस्थापनको जिम्मेवारी दिइएको उक्त एक्स्पोले आफूमा उत्साह थपेको नेपाल मोबाइल वितरक संघका अध्यक्ष माधव रिजाल बताउँछन् । मेलामा आगन्तुकहरूका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरूलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ । मेलामा विभिन्न गेम स्टल, फुड स्टल, वाईफाई तथा सेल्फीको मज्जासमेत लिन सकिनेछ । 

 

एक्स्पोलाई नमुना बनाउने छौं

माधव रिजाल, अध्यक्ष नेपाल मोबाइल वितरक संघ

को उद्देश्य के हो ?

यसअघि अरूले पनि मोबाइल एक्स्पो आयोजित गर्दै आएका थिए । ती सबै मोबाइल व्यवसायभन्दा बाहिरका व्यक्ति थिए । अरूले यसलाई अवसरका रूपमा मात्र लिए । हामीले मोबाइल व्यवसायलाई प्रवद्र्धन गर्न चाहेका छौं । हामी मोबाइल व्यवसायमै संलग्न भएकाले यो एक्स्पोलाई नमुना बनाउनेछौं। 

एक्स्पोका विशेषता के–के हुन् ? 

हामीले यो एक्स्पोमा नयाँ आउन लागेका मोबाइल तथा ती मोबाइलमा पाइने सुविधा एवं नयाँ–नयाँ एप्सहरूका बारेमा जानकारी गराउनेछौं । उपभोक्ताहरूले आफूलाई उपयोगी हुने थुप्रै विषयमा जानकारी बटुल्न सक्नेछन् ।

अहिले मोबाइलको बजार निकै फस्टाएको देखिन्छ । उपभोक्ताहरूले मोबाइल खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

भन्सार छलेर ल्याइएका सामान नकिन्नुहोला । सस्तो मूल्यमा मोबाइल किन्दा त्यसको ब्याट्री, चार्जर, इयरफोन आदि कमसल हुन सक्छन् । पसलेले वारेन्टी कार्ड दिए पनि कम्पनीले वारेन्टी कार्ड दिएको हुँदैन । यसरी लुकीचोरी आएका सामान बिग्रिए भने कम्पनीले मर्मत गरिदिँदैन । मोबाइल खरिद गर्दा भ्याट बिल तथा कम्पनीको वारेन्टी कार्ड लिनुपर्छ । 

मोबाइल बजारमा कत्तिको नाफा छ ?

अस्वस्थ प्रतिस्पर्धा बढी छ । उपभोक्ताहरूले राम्रा सामान पाइरहेका छैनन् । उपभोक्ताले सस्तो खोज्छन्, तर ठगिइरहेका छन् । सस्तो सामानका पार्टपुर्जा टिकाउ हुँदैनन् । समग्रमा यो व्यवसाय नाफामै छ । 

संघका थप योजना के–के छन् ?

यसपछि हामी पोखरा, हेटौंडा, इटहरी, बुटवल, नेपालगन्ज, धनगढी आदि सहरमा यस्तै एक्स्पो आयोजित गर्दैछौं । त्यसमा क्षेत्रीय संस्थाहरूले हामीलाई सघाउनेछन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik