साप्ताहिक संवाददाता
पुस ३, २०७३
गत शुक्रबार श्रीलंकास्थित बेरुवाला समुद्री तटनजिकै सम्पन्न हेरिटेज प्याजेन्टको तेस्रो संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी आश्रा कुँवरले पिस एम्बेसडर तथा सिर्जना पुनले टुरिज्म एम्बेसडरको एवार्ड जितेका छन् । आश्राले इन्भाइरोमेन्टल एम्बेसडर एवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी थिइन् भने सिर्जना पुनले आफ्नो उमेर समूहअन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेसतर्फ क्रमश: सिल्भर तथा ब्रोन्ज मेडल जितेकी थिइन् ।
त्यसैगरी उक्त प्याजेन्टमा सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले इन्भाइरोमेन्ट तथा टुरिज्म ड्रेसतर्फ गोल्ड मेडल प्राप्त गरेकी छिन् । मन्जुले इन्भाइरोमेन्टल एम्बेसडरतर्फ सिल्भर एवं बेस्ट टुरिज्म भिडियो तथा कल्चरल एम्बेसडरतर्फ ब्रोन्ज मेडल जितेकी थिइन् ।