साप्ताहिक संवाददाता
पत्रकार एवं साहित्यकार सविन प्रियासनले लेखेको पल्लवी उपन्यास विमोचन भएकै दिन ५ सय प्रति बिक्री भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले गत बिहिबार घोराहीमा आयोजना गरेको सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी एवं शैक्षिक महोत्सबमा विमोचना गरिएको पल्लवी उपन्यास महोत्सबमा सहभागि पाठकहरुले खोजीखोजी खरिद गरेका थिए ।
विएन पुस्तक संसारले प्रकाशन गरेको पल्लवी उपन्यासको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सुदीप गौतम, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, पुस्तक तथा स्टेशनरी व्यवसायीका अध्यक्ष घनश्याम बरालले संयुक्तरुपमा विमोचन गरेका थिए ।
हजारौं मानिसहरुको सहभागिता रहेको महोत्सबमा पल्लवी उपन्यास विमोचन भएपछि यसबारेमा बोल्दै उपन्यासकार प्रियासनले उपन्यास सामाजिक विषय बस्तुमा आधारित सन्देश मुलक रहेको चर्चा गर्नुभएको थियो । विएन पुस्तक संसारले राखेको स्टलमा महोत्सबमा सहभागिहरुले पल्लवी खरिद गरेका थिए ।
महोत्सबको अन्तिम दिन उपन्यासको विमोचन गरिएको भएपनि महोत्सब अबधिमा सबै भन्दा बढि बिक्री हुने पुस्तककारुपमा पल्लवी रहेको छ । पल्लवी उपन्यासको कभरपेजमा तरकारीवाली कुसुम श्रेष्ठ र लिटल मिस–२०१६ को पपुलर श्रृंखला बुढाथोकीको तस्विर रहेको छ । २५६ पृष्ठको पल्लवी उपन्यास ३ सय २५ रुपैयाा मूल्य रहेको भएपनि पहिलो दिन २ सय ५० रुपैयाामा बिक्री गरिएको थियो ।