साप्ताहिक संवाददाता
पुस १५, २०७३
कुनै बेलाको चर्चित पपगीत ‘कहाँ तिम्रो मायालुलाई छाडि राख्यौ’ गाउने हिमालयन ब्यान्डका गायक सुदीप रिजाल भोलि न्यू इयर इभमा आफ्नो लाइभ प्रस्तुति दिदैंछन् ।
स्थान : पलेँटी डि क्याफे, स्टारमल, पुतलीसडक
समय : साँझ ७ बजेदेखि
जे ब्यान्ड लाइभ
आज शुक्रबार वर्षको अन्तिम ‘गुड फ्राइडे’ तथा भोलि वर्षको अन्तिम रातलाई अविस्मरणीय बनाउन जेब्यान्डका गायक–गायिका दीपेन्द्र चौधरी, जय श्रीवास्तव, एनी श्रेष्ठ, नीता थापा मगर तथा अम्बिका पुनले हिन्दी एवं नेपाली गीतहरू सुनाउँदैछन् ।
स्थान : क्लासिक बर्बन लाउञ्ज एण्ड बार, दरबारमार्ग
समय : साँझ ७ बजेदेखि
एडेप्टर्स लाइभ
भोलि न्युइयर इभमा ‘द एडेप्टर्स ब्यान्ड’ले नेपाली, अंग्रेजी तथा हिन्दी गीतहरू सुनाउनेछ ।
स्थान : गेष्ट्रो पब, विश्वज्योति मल, जमल
समय : साँझ ७ बजेदेखि