पुस १६, २०७३
उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित श्री बज्रवाराही उच्च माविलाई मुलुककै नमुना विद्यालयका रूपमा विकास गर्न शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । पुस १५ गते प्रारम्भ भएको उक्त महोत्सवमा ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवमा सहस्र शालिग्राम पूजा–अर्चना, विराट धनधान्य महापर्व, श्रीमदभागवद ज्ञान महायज्ञ, योग शिविर, तुलादान, चौरासी पूजा, ग्रह शान्ति, व्रतबन्ध, शैक्षिक प्रदर्शनी जस्ता कार्य सम्पन्न भएका छन् । यो धार्मिक महोत्सवमा १ सय ८ राष्ट्र शान्ति महायज्ञ संकल्पकर्ता अन्तर्राष्ट्रिय कथावाचक श्री गोविन्दशरण महाराज तथा दिदी मिरादेवीको कथावाचन विशेष आकर्षणमा रह्यो । राष्ट्रिय कलाकारहरूको समेत विविध प्रस्तुति रहेको यो महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।