• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
असफल स्टार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

असफल स्टार
पुस २५, २०७३

 

लियोनल मेसी (फुटबल)

यो पुस्ताका सर्वाधिक राम्रा खेलाडी लियोनल मेसीका लागि सन् २०१६ राम्रो रहेन । उनले बार्सिलोनाका लागि लिग त जिते, तर आफ्नो देश अर्जेन्टिनाका लागि केही जित्न नसकेको क्रम यसपल्ट पनि जारी रह्यो । कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा पराजित भयो र निराश मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । पछि ब्यापक दबाबमा त्यो निर्णय फिर्ता लिन बाध्य भए । कर छलेको आरोपमा पनि उनीमाथि स्पेनमा छानबिन जारी रह्यो । 

 

सेरेना विलियम्स (टेनिस)

सेरेना विलियम्सले सन् २०१६ आफ्नो अपेक्षाअनुसार प्रदर्शन गर्न सकिनन् र यस क्रममा उनले डब्लूटीएको शीर्ष वरियता पनि गुमाइन् । रियो डे जेनेरियो ओलम्पिकमा पनि उनको प्रदर्शन खराब रह्यो । अहिलेसम्म २२ ग्रान्ड स्लाम जितेकी सेरेना थप एक जितेर नयाँ कीर्तिमान राख्न सक्ने सँघारमा छिन्, तर उनको यो प्रयास फितलो हुन थालेको छ । अहिले ३५ वर्ष पुगेकी सेरेना सम्भवत: आफ्नो खेल जीवनको अन्त्यतिर छिन् । 

 

नोभाक जोकोभिच (टेनिस)

एटीपी विश्व वरियतामा नम्बर १ स्थान गुमाउने खेलाडीमा रहे— नोभाक जोकोभिच । केही समयअघिसम्म लगातार एकपछि अर्को उपाधि जितेका जोकोभिचले सन् २०१६ मा त्यससँग मेल खाने खेल प्रदर्शन गर्न सकेनन् । रियो डे जेनेरियो ओलम्पिकमा पनि उनीबाट ठूलो आश गरिएको थियो, तर उनी सुरुवाती चरणबाटै बाहिरिए । यसलाई उनले आफ्नो खेल जीवनकै सबैभन्दा निराश क्षण मानेका छन् ।

 

एलिस्टर कुक (क्रिकेट)

आफ्नो खेल जीवनको अन्त्यतिर पुगेका अर्का खेलाडी हुन्— इङ्लिस टेस्ट टिमका कप्तान एलिस्टर कुक । उनको ब्याटबाट पछिल्लो समय त्यति धेरै रन निस्कन छाडेको छ, जति यसअघि हुन्थ्यो । उनको नेतृत्वमा इङ्ल्यान्डले भर्खरै भारतविरुद्ध पाँच टेस्टको सिरिज खेलेको थियो र त्यसमा इंग्ल्यान्ड निकै नराम्रोसँग पराजित भयो । कुक आफैंले पनि आफ्नो करियरका सम्बन्धमा पुनर्विचार गर्ने दिन आएको बताएका छन् । 

 

वायन रोनी (फुटबल)

इङ्लिस फुटबलका ठूला स्टार हुन्— वायन रोनी । म्यानचेस्टर युनाइटेडका पनि कप्तान रोनीका लागि सन् २०१६ सुखद रहेन । उनी क्लब र राष्ट्रिय टिम दुवैमा सुरुवाती स्थान पाउन संघर्षरत छन् । टिममा उनको खास भूमिका के हो भन्ने दुविधा समेत छ । रोनी कुनै समय फरवार्डका रूपमा खेल्नछन् भने कुनै समय मिडफिल्डर । यसै कारणले पनि उनको खेल जीवन अत्यधिक प्रभावित रहेको मानिन्छ । 

 

साम एलाडायसी (फुटबल)

प्रशिक्षक साम एलाडायसीका लागि इङ्लिस राष्ट्रिय टिम सम्हाल्नु सबैभन्दा ठूलो सपना थियो । उनले त्यो सपना पनि पूरा गरे । यसका लागि निकै महँगो अनुबन्ध पनि पाए, तर उनी एउटा खेलमा मात्र टिके र लगतै आफ्नो पद छाड्न बाध्य भए । अन्डरकभर पत्रकारले गोप्य रूपमा लिएको अन्तर्वार्तामा खेलाडी स्थानान्तरणका बेला गलत ढंगले पैसा खाएको स्विकारेपछि उनी यो स्थितिमा पुगेका हुन् । बेलायती मिडियाले उनलाई यसक्रममा खलनायकका रूपमा पनि चित्रण गर्‍यो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik