साप्ताहिक संवाददाता
हिम्मत नहारी अघि बढ्ने अञ्जलीलाई सलाम छ (फ्रन्टपेज : जन्म पुरुष कर्म महिला) । त्यही संघर्षले गर्दा उनको अन्तर्राष्ट्रिय चर्चा चुलिएको छ ।
कला क्षेत्री
साप्ताहिकको यात्रा सन्दर्भमा कालिन्चोकको कुरीलाई पुरी भनिएको रहेछ (यात्रा सन्दर्भ : कुरीमा हिउँको खेल) । ठाउँको नाम गलत भएकाले सच्याउन अनुरोध छ ।
विवेक श्रेष्ठ
सफलताको मूल मन्त्र सायद यही होला (युवा मन : बानी) । धैर्यता, क्षमता, अनुशासन एवं निरन्तरताले मानिसलाई उचाइमा पुर्याउँछ ।
सन्तोष लिम्बू
सहिद शब्द नेपालमा एकदम सस्तो भयो । वास्तविक सहिदलाई धेरैले बिर्सिए । सहिदको नाम पैसासँग साटियो । सहिद शब्दको वजन नै घटेजस्तो भयो ।
घनश्याम
सुन्दर तस्बिरसहित दोलखाको कुरीका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (यात्रा सन्दर्भ : कुरीमा हिउँको खेल) । जलस्रोतको धनी जिल्ला दोलखाले आफ्नो प्राकृतिक स्रोत–साधनको सदुपयोग गरोस् । दोलखा राम्रो पर्यटकीय गन्तव्य बनोस् ।
महेन्द्र चापागार्इं
तेरियाजी, यति सानै उमेरमा तपाईंले धेरै प्रगति गरिसक्नुभएको छ । नेपालको नाम चम्काउने काम जारी राख्नुहोला ।
कञ्चन परदेशी
यमबुद्धको भौतिक शरीर नरहे पनि उनका गीत सधैं बाँचिरहनेछन् (चर्चामा : यमबुद्धको आत्महत्याको कारण के थियो ?) । श्रोताहरूले उनलाई कहिल्यै बिर्सने छैनन् ।
सुरेन्द्र पौडेल
नम्रता श्रेष्ठ दुर्घटनामा परेको घटनाले दु:खी बनायो (दुर्घटनामा परिन् नम्रता) । उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना ।
रकी मगर
मोडल सिर्जना पोखरेलले दिएका लभ टिप्स मन परे (लभ मन्त्र) । हो, प्रेममा आपसी विश्वास र सरसल्लाह हुनुपर्छ भने क्षमा पनि दिन सक्नुपर्छ ।
धु्रव
रंगमञ्चमा सरोज खनालको उपस्थिति सशक्त छ (रंगमञ्चमा फर्किए सरोज) । अब चाहिँ नेपालमै सम्भावना खोज्नुहोला । विदेश भासिने काम नगर्नुहोला ।
रामचन्द्र
धेरै राम्रो कुरा (लभ मन्त्र) । अचेलका जोडीलाई यस्तै राम्रो ज्ञानको आवश्यकता छ ।
राजु लामा
यो खबर पढेर अचम्म लाग्यो (फर्किए मृत मानिएका वृद्ध) म त छक्कै परें ।
सुनिल विष्ट
गत अंकको साप्ताहिक राम्रो लाग्यो । यसमा सबै पक्ष समेटिएको छ । यसरी नै पाठकको मन जित्दै जानुहोला— शुभकामना ।
सन्देश सिरिहाङ
पहिलो विश्वमा जिप्सीका बारेमा समाचार पढेर रमाइलो लाग्यो । नातिसँग (पहिलो विश्व : नातिसँग जन्मोत्सव) बाँदरको आयु पनि ६२ वर्ष लामो हुन्छ र ?
प्रकाश भट्ट
मन छोयो (मुक्त आकाश : मन र दिमाग) । जुन निर्णय लिए पनि पछि यसो गरेको भए हुन्थ्यो भन्ने लागिहाल्छ । यो लेखमा वास्तविक कुरा समेटिएको छ ।
मदन घिमिरे