साप्ताहिक संवाददाता
वि.सं. २०४९ साल फागुन ७ गतेबाट प्रकाशन सुरु भएको कान्तिपुर पब्लिकेसन्स आजदेखि २५ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कान्तिपुर हाफ म्याराथनको सातौं संस्करण आयोजना गरियो । हाफ म्याराथनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
हरिकुमार रिमाल र कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको सातौं संस्करणको च्याम्पियन भएका छन् । त्रिभुवन आर्मी क्लबका हरि र नेपाल एपीएफ क्लबकी कान्छिमाया कोर्ष रेकर्ड बनाउदै च्याम्पियन बनेका हुन् ।
म्याराथनमा पुरुषतर्फ हरिले १ घन्टा ६ मिनेट ४१ सेकेन्डको समय निकाले । महिलातर्फ कान्छीमायाले १ घन्टा १९ मिनेट २२ सेकेन्डको समय निकालिन् । गत वर्ष एपीएफका गोपिचन्द्र पार्कीले १ घन्टा ८ मिनेट र २९ सेकेन्डको तथा रेसु बस्नेतले १ घन्टा २८ मिनेट २० सेकेन्डको कोर्ष रेकर्ड बनाएका थिए ।
पुरुष र महिला हाफ म्याराथनबाहेक तीन किमिको ह्विलचेयर दौड तथा ५ किमि कर्पोरेट–मिडिया म्याराथन पनि भएको छ ।
तस्विरहरु: महेश प्रधान