फाल्गुन १३, २०७३
बेलायतका नेपाली युवा–युवतीहरू थेम्स नदीमा दौडिरहेको बोटमा रमाए । युवा पुस्तामा लोकप्रिय छ– बोट पार्टी । यसमा तन्नेरीहरू डिजेको संगीतसँगै थेम्स नदीको वरपरका मनोरम दृश्य नियाल्दै मज्जाले झुम्न पाउँछन् । पर्छ प्रोडक्सनले आयोजना गरेको उक्त पार्टीमा नेपालीसँगै चाइनिज, कोरियन, अफ्रिकन आदि सयौं युवाको सहभागिता थियो । २००८ मा नेपालीले नै आयोजना गरेको बोट पार्टीमा एक नेपाली युवाको मृत्यु भएको थियो । उक्त घटनायता नेपालीले आयोजना यो नै पहिलो बोट पार्टी हो ।