साप्ताहिक संवाददाता
फाल्गुन १३, २०७३
टेकु रोडमा भर्खरै खुलेको ‘दलिन रेस्ट्रो एण्ड बार’मा बेलाबखत चर्चित गायक–गायिकाहरूको प्रस्तुतिले आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गर्ने सञ्चालक इरस श्रेष्ठ बताउँछन् । विभिन्न खानेकुराको स्वाद साथ प्रोजेक्टरमा चलचित्र तथा खेल हेर्ने व्यवस्था गरिएको दलिनमा पर्याप्त पार्किङ स्थल भएकाले बर्थडे, एनिभर्सरी जस्ता कार्यक्रम आयोजना गर्न सहज हुने इरसले बताए । निकट भविष्यमा काराओकेको समेत व्यवस्था गर्न लागिएको दलिनमा बिहान ८ बजेदेखि राति १० बजेसम्म रमाउन सकिन्छ ।