साप्ताहिक संवाददाता
फाल्गुन १५, २०७३
‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ ।सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का लागि फेश अफ क्लासिक डायमण्ड बन्ने अवसर जुराएकी हुन् । प्रतिस्पर्धामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भए । फेश अफ क्लासिक डायमण्ड २०१७ को अवार्ड संगै मुनाले एक लाख बराबरको पुरस्कार हात पारेकी छिन् । जसमा नगद पचास हजार तथा पचास हजार बराबरको ज्वेलरी हुनेछ । मुना क्लासिक डायमण्ड ज्वेलरीका लागि ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छिन् ।
तस्विहरू: महेश प्रधान