चैत्र १, २०७३
फ्लोरिडा स्टेट युनिभर्सिटीका विद्यार्थीहरूले स्थापना गरेको ‘डे ग्लो’ अहिले ‘लाइफ इन कन्सर्ट’को नामले लोकप्रिय हुँदै गएको छ । सन् २००६ मा स्थापना भएको डे ग्लोले लाइफ इन कलर अभियानअन्तर्गत कन्सर्ट आयोजित गर्दै आएको छ । यो अभियानका संस्थापक सेवास्टियन सोलानोका अनुसार यो कन्सर्टका सहभागीहरूले अनिवार्य रूपमा सेतो टिर्सट लगाउनुपर्छ । संगीतको तालअनुसार कन्सर्टका श्रोताहरूले रंगलाई हावामा उडाउने एवं साथीभाइलाई छर्कने काम गर्छ ।