साप्ताहिक संवाददाता
वैशाख ११, २०७४
नायिका प्रियंका कार्कीसँगको प्रेमका कारण चर्चामा रहेका नायक आयुष्मान देशराज जोशी अभिनित नयाा म्युजिक भिडियो रिलिज भएको छ । जहाँ उनले प्रियंका कार्कीसँग नभई मोडल तनुजा गुरुङसँग रोमान्स गरिरहेको देख्न सकिन्छ । ‘तिम्रो आँखामा’ बोलको गीतिको भिडियोमा सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत रहेको छ । म्युजीक भिडियोको निर्देशन समेत सागर राजले नै गरेका हुन् ।
जसले ‘पानी पर्यो’ , चुम्बककै होउ कि तिमी जस्ता सुपरहिट गीतको भिडियो निर्देशन गरेका थिए । सार्वजनिक सागरको नयाँ भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन छ । भिडीयोलाई जय मल्ल र नविन मल्लले निर्माण गरेका हुन् ।
गीतको भिडियो :