साप्ताहिक संवाददाता
जेष्ठ ६, २०७४
मोडलिङमा सक्रिय युवा–युवतीहरूको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ एरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले यसै साता आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष अन्तिम प्रतियोगिताका लागि छनौट भएका हुन् । यो प्रतियोगितामा सहभागी मोडलहरू यतिबेला प्रशिक्षणमा सक्रिय छन् ।
मोडल अफ एराका प्रतिस्पर्धीहरूलाई कोरिग्राफरद्वय सनिश शाक्य तथा सोनी खड्काले प्रशिक्षण दिइरहेका छन् । शाक्य म्यानहन्ट इन्टरनेसनल–२०१२ का विजेता हुन् भने खड्का सुपर मोडल इन्टरनेसनल–२०१५ की विजेता हुन् । आयोजक संस्थाका प्रमुख लोभिन अन्सारीका अनुसार यो प्रतियोगिताको ग्रान्ड फिनाले जेठको दोस्रो साता हुनेछ ।