साप्ताहिक संवाददाता
जेष्ठ २२, २०७४
गायक प्रमोद खरेल लोक पप शैलीको नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । आफ्नै शब्द तथा संगीतको ‘मैं मोरो सोझो...’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । मोहित मुनाल यो गीतका संगीत संयोजक हुन् ।
पछिल्लो गीत ‘लाइदेउ न मायाले...’ को सफलतापछि गायक खरेल नयाँ गीतमार्फत प्रस्तुत भएका हुन् । नितिन चन्दद्वारा निर्देशित उक्त गीतको भिडियोमा अर्जुन गौतम तथा जुना सुन्दासले अभिनय गरेका छन् । निर्देशक चन्दले नै यो भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।
मैं मोरो सोझोको म्युजिक भिडियो :