साप्ताहिक संवाददाता
जेष्ठ २४, २०७४
भारतको मुम्बइमा बस्दै आएका लक्ष्य खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
मुम्बइमै रेकर्डिङ गरिएको यो गीतको म्युजिक भिडियोमा लक्षसँगै गडवाली चलचित्रकी अभिनेत्री सुप्रिया शुक्लाले अभिनय गरेकी छिन् ।
बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका राज सागरले यो भिडियोको निर्देशन गरेका हुन् । कृष्ण रावले छायांकन गरेको भिडियोको सम्पादन गायक खत्रीले नै गरेका छन् ।
बीएफ जीएफको म्युजिक भिडियो: