साप्ताहिक संवाददाता
फास्टट्रयाक भाषण र नारामा मात्र सीमित नहोस् (गजुरियल विश्लेषण : फास्टट्रयाक फेन्टासी) । जनताले त्यसको प्रत्याभूति गर्न पाऊन् ।
विक्रम थापा
सके पो किन्नु (मुक्त आकाश : चार आना काठमाडौंमा) । काठमाडौंमा खान–बस्न त मुस्किल छ । कसरी चार आना जग्गा किन्नु ?
विजय कार्की
सेलिब्रिटीहरूले यसरी नै समाजसेवामा आफ्नो समय खर्चिने हो भने समाजमा धेरथोर योगदान दिन सकिन्छ (हाइक फर नेपालमा निशाको क्रेज) । अन्य कलाकारले पनि जीवनको केही समय अरूको भलाइमा खर्चिए पक्कै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
साजन लिम्बू
कस्तो अचम्म (रेल स्टेसनसँग विवाह) व्यक्तिसँग पो विवाह हुन्थ्यो । क्यारोलले त स्टेसनसँग विवाह गरिछन् ।
उमेश तिमिल्सिना
नेपालीहरूका लागि यो खुसीको खबर हो (खेलकुद : भरियाको पोल्टामा एभरेस्ट म्याराथन) । एभरेस्ट म्याराथन–२०१७ को उपाधि हासिल गर्ने सुमन कुलुङलाई बधाई छ ।
सरिन गुरुङ
समाजमा डरलाग्दो प्रवृत्ति मौलाउँदैछ (अपराध : सम्पत्ति हडप्न तथा अनैतिक सम्बन्ध लुकाउन हत्या) यसको न्यूनीकरण गर्न ढिलाइ गर्नु हुँदैन । यसको मनोवैज्ञानिक समाधानमा जोड दिनु उपयुक्त होला ।
उदय भुसाल
मिस टिनएजर इन्टरनेनसनलको उपाधि प्राप्त गरेकोमा दिया मगरलाई बधाई छ (मिस टिनएजर इन्टरनेसनल) । अन्य प्रतिस्पर्धाहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल हुनुहोस् ।
नारायण घिमिरे
श्वेता खड्काको मनोकाक्षा पूरा होस् (श्वेताको सपना) । यस्तो सामाजिक काममा उनलाई सघाउनेहरूको कमी हुने छैन ।
मातृका गौतम
जो चुनौती मोल्न तयार हुन्छ, ऊ सफल हुन्छ (चुनौतीमा सफल नम्रता) । नम्रताले अभिनय गरेका सबै चलचित्र सफल नभए पनि व्यक्तिगत रूपमा उनी सफल छिन् ।
दुर्गा सापकोटा
प्रविधिको प्रयोगले थाइल्यान्डकी छात्राको शरीरमा नराम्रो खत बस्यो (पहिलो विश्व : टाटु हटाउँदाको खत) । उनले सुरुमै बुझेर ट्याटु बनाएको भए हुन्थ्यो । सुन्दर देखिन खोज्दा उल्टै कुरूप पो हुनुपर्यो ।
पुरन दाहाल
यस्ता कार्यक्रमहरूमा युवा पुस्ताको बढी भन्दा बढी सहभागिता जरुरी छ (पलेँटीमा युवा पुस्ता) । युवाहरूको जोस, जाँगर एवं सिर्जनशीलता देखिनुपर्छ । अन्य शृङ्खलामा नयाँ अनुहारले पनि स्थान पाऊन् ।
माधव कार्की
फेसन शोहरूमा नेपाली पोसाकको प्रवद्र्धन हुनुपर्यो (मेघा फेसन–२) । विदेशी फेसनको प्रभावमा परेर आफ्नो मौलिक पहिचान र संस्कृति नगुमाऔं ।
सरिता आचार्य
करिश्माले आक्रोशमा आएर त्यस्तो अभिव्यक्ति नदिएकै भए हुन्थ्यो (गसिप : श्रीमान् कि साथी) । आखिर यति लामो समयदेखि उहाँहरू श्रीमान्–श्रीमतीका रूपमा सँगै बस्दै आउनुभएको छ ।
सरला रेग्मी
मेचीनगरका कलाकारहरूले राम्रो काम गरेका छन् (ग्यालरी : कलामा नेपाली मन) । नेपालीपन झल्काउने कलाका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुहोला ।
मनजित राई