साप्ताहिक संवाददाता
गायक पुष्प गजमेरको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। "आवाज" एल्बममा समावेस गीत "एउटा साथी छ" बोलको गीतको म्युजिक भिडियोमा बिमलेस अधिकारी र पुर्नी गुरुङ्गको अभिनय रहेको छ।
अमेरिकाका बिभिन्न स्थान हरुमा छायाँकन गरिएको म्युजिक भिडियोमा मोनी राईको छायाँकन र सम्पादन रहेको छ भने प्रजित रानाले निर्देशन गरेका हुन । एल्बम "आवाज" केहि समय अघि मात्र अमेरिकामै सार्वजानिक गरिएको थियो। एल्बम को बजार ब्यस्थापन भाईब्स क्रियसनले गरेको हो।
छ वटा गीत समावेश एल्बमका सम्पुर्ण गीतहरुको सङ्गीत र स्वर स्वयं गायक गजमेरकै रहेको छ र सङ्गीत संयोजन गोपाल रसाईली ,चादँ सिंह र सुमित विश्वकर्माको सुन्न सकिन्छ। नेपाली गीत संगीतमा करिब २२ बर्षको यात्रा गरिसकेका पुष्प गजमेर आफ्नो सम्पूर्ण अनुभवलाई यस एल्बममा मिश्रण गर्ने प्रयास गरेको बताउँछन।
एउटा साथी छको म्युजिक भिडियो