असार ७, २०७४
चितवनको टाँडीस्थित हंस मनोरञ्जन केन्द्रको स्विमिङ पुल परिसरमा मध्याह्न पाका उमेरका महिला–पुरुषले भरिएको थियो । सबै गर्मीले आत्तिएका जस्ता देखिन्थे । गर्मीमा एकै ठाउँमा सबैलाई जम्मा गर्ने काम भने चितवन डान्स सेन्टरले गरेको थियो । उक्त स्विमिङ पुलमा पहिलो पटक एक्वा जुम्बा डान्सको आयोजना गरिएको थियो ।
गीत बज्न थालेपछि सबै त्यसकै तालमा नाच्न व्यस्त भए । अघिपछि बन्द कोठामा म्युजिकको तालमा शरीरलाई फिट राख्न जुम्बा गरिन्थ्यो, तर बढेको गर्मीमा सबैलाई फ्रेस बनाउन पहिलो पटक एक्वा जुम्बा डान्सको आयोजना गरिएको आयोजक चितवन डान्स सेन्टरकी सञ्चालक रेणु तामाङले बताइन् । बिहान १२ बजे प्रारम्भ भएको एक्वा जुम्बा डान्स दिउँसो ३ बजेसम्म चलेको थियो ।