साप्ताहिक संवाददाता
पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित ‘सागरको गहिराईमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । अनौठो कुरा के छ भने गायक लिम्बु आँखा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आँखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन । म्युजिक भिडियोका निर्देशक सागर राजले गायक लिम्बुलाई सामान्य व्यक्ति झैं फिचर गरेका छन् ।
‘पानी पर्यो असिना झर्यो’, ‘चुम्बक’, ‘तिम्रो आँखामा’ जस्ता गीतका म्युजिक भिडियो निर्देशन गरेर चर्चामा गाएका निर्देशक सागर राजले नै ‘सागरको गहिराइमा...’ को म्युजिक भिडियो निर्देशन गरेका हुन् ।
देवेन्द्र नेवारद्वारा संगीत संयोजन गरिएको उक्त गीत साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ, जसमा जीत, कृपा, युम्मी तथा अञ्जलीले अभिनय गरेका छन् । सुप्रिम पराजुली उक्त भिडियोका सम्पादक तथा कलरिष्ट हुन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको भिडियोमा गीतका भावनालाई चित्रण गरिएको छ ।
गायक पार्कर लिम्बुले यसअघि गाएको ‘समय...’ गीतको म्युजिक भिडियो दर्शकले मन पराका थिए । उक्त भिडियोलाई पनि सागर राजले नै निर्देशन गरेका थिए ।
गहिराइमाको म्युजिक भिडियो :