साप्ताहिक संवाददाता
मेष
काममा सफलता हात पर्नेछ । व्यवसायबाट लाभ लिन केही समय कुर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर जुर्नेछ । स्वदेशी तथा विदेशी साथीभाइसँगको सम्बन्ध प्रगाढ रहनेछ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन्, सचेत रहनुहोला । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउनुमै आफ्नो भलो छ ।
वृष
दीर्घकालीन आम्दानी हुने व्यवसायप्रति आकर्षित भइनेछ । व्यवसायका सिलसिलामा विविध स्थानको भ्रमण हुनेछ । आफन्तबाट टाढै रहेर काम गर्नु उचित हुन्छ । प्रेम–प्रेमिकाबीचको सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ । मौसमको प्रतिकूलताले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।
मिथुन
आर्थिक कारोबारमा ढिलाइ हुँदा मन खिन्न हुनेछ । बिहीबारपछि रोकिएका कार्य स्वत: फुकुवा भै झमेलाबाट मुक्ति पाइनेछ । भित्रभित्रै षड्यन्त्र गर्नेहरू समेत तपाईंको कौशलबाट प्रभावित हुनेछन् । पाचन प्राणालीमा हुने गडबडीप्रति भने सावधानी अपनाउनुपर्नेछ ।
कर्कट
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन् । साथीसङ्गीसँगको भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । विदेशयात्राको साइत जुर्न सक्छ । सेतो रंग तथा पश्चिमतर्फको यात्रामा फलिफाप हुनेछ ।
सिंह
अभिभावकको सहयोगमा नयाँ व्यवसायको श्रीगणेश हुनेछ । काम सफल तुल्याउन थप खर्च एवं मेहनतको आवश्यकता छ । शैक्षिक क्षेत्रमा गरिएको लगानीबाट अपेक्षाभन्दा बढी फाइदा हुनेछ । यात्रामा हेलचेक्र्याइँ गर्दा आर्थिक नोक्सानी बेहोर्नुपर्ला, सचेतता अपनाउनुहोला ।
कन्या
स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । मेहनतपूर्वक गरिएका कार्यमा समेत अपजस आइलाग्न सक्छ । गुप्त शत्रुहरू हावी हुनाले ठूला योजना अघि नबढाउनुमै आफ्नो भलो छ । धोकेबाजहरूले प्रेमप्रस्ताव राख्न सक्छन् । लगानी नगरी मुनाफा चाहने पार्टनरसँग भेट हुन सक्छ ।
तुला
खानपान तथा दैनिक जीवनचर्याकै कारण स्वास्थ्यमा गडबडी उत्पन्न हुनसक्छ । तपार्इंलाई मन पराउनेहरूले घुमाउरो भाषा प्रयोग गर्दा मनमा कैतूहलता सिर्जना हुनेछ । साझेदारी व्यवसायबाट सन्तोषजनक लाभ प्राप्त होला । नीलो तथा क्रिम रंगको पहिरनले महत्वपूर्ण कार्य सम्पन्न गर्न सहजता प्रदान गर्नेछन् ।
वृश्चिक
ठूलाबडाको सुझावले आफूलाई सही बाटो देखाउनेछ । तपाईंले गर्ने जुनसुकै काम उपलब्धिमूलक एवं परिणाममुखी हुनेछन् । सहयोगीहरूको प्रस्ताव स्वीकार गर्दा त्यसले दीर्घकालीन रूपमा फाइदै पुर्याउनेछ । साथीहरूले तपार्इंको नयाँ योजनालाई सकारात्मक रूपमा लिनेछन् । छलकपट एवं जालझेलबाट भने सावधान रहनुपर्नेछ ।
धनु
तपार्इंको आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्याउनेछ । कार्यव्यस्तताले घर–परिवारमा किचलो उत्पन्न गर्न सक्छ, जसलाई निराकरण गर्न परिवारमा समय खर्चनुपर्ला । विपक्षीको छलकपट एवं जालझेलबाट सावधान रहनुपर्नेछ ।सवारी साधन चलाउँदा विशेष ध्यान पुर्याउनुहोला ।
मकर
परोपकारमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ । रमाइलो यात्रा हुने योग छ । वादविवाद तथा असन्तुष्टिहरू देखा पर्न सक्छन् । सकेसम्म कम बोल्दा फाइदा हुनेछ । साताको अन्त्यमा भोज–भतेरमा सहभागी भइनेछ ।
कुम्भ
बाहिरी चिया गफमा अल्झिँदा व्यापार–व्यवसायमा समेत असर पर्न सक्छ । कसैको साथ खोज्नु आफ्नै हितमा हुनेछैन । छोटो समयमै फाइदा लिन खोज्नेहरूबाट टाढै रहनुहोला । खैरो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रतगतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ ।
मीन
सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी सहयोग मिल्नेछ । मन मिल्ने पात्रको आगमनले कार्य क्षेत्रमा थप ऊर्जा प्राप्त हुनेछ । उच्च शिक्षाका लागि रोजेको विषयले भविष्यमा सही बाटो देखाउनेछ । साताको अन्त्यमा पहेंलो धातु खरिद गर्न पारिवारिक मत मिल्नेछ ।