साप्ताहिक संवाददाता
ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम यसै साता औपचारिक सुरुवात गरिएको हो ।
नेपालको चर्चित मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले अब आफ्ना ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डहरुका साथमा विभिन्न घरायसी विद्युतिय उपकरणहरु पनि बिक्री गर्ने जनाएको छ ।
नयाँ शोरुममा एप्पलको आईफोन, सामसंग, ह्वावे, शाओमी, ओप्पो, जिओनी, नोकिया, लाभा, कलर्स, माइक्रोम्याक्स, वानप्लस,लगायतका ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका छन् । एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस, आइफोन सिक्स तथा सिक्स प्लस सूपथ मुल्यमा आधिकारिकरुपमा किन्न सकिनेछ ।
त्यसैगरि शोरुममा एलजी र भिडियोकोन ब्राण्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिंग मेसिन, एयर कण्डिसनर, भ्याकुम क्लिनरलगायतका घरायसी विद्युतिय सामाग्रीहरु सुपथ मुल्यमा किन्न सकिनेछ ।
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले शोरुमको रिब्राण्डिङले ग्राहकहरुलाई थप सुविधा दिन सहयोग पुग्ने बताए ।
शोरुमको पुन शुभारम्भको उपलक्ष्यमा ललितपुर मोबाइल कम्प्लेक्स तथा एपेक्स डिजिटलले सम्पूर्ण सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने छ ।
शोरुममा विभिन्न ब्राण्डका उच्चस्तरका एसेसरिजहरु टेम्पर ग्लास, सेल्फी स्टिकर, ब्लूटूथ स्पीकर, हेडफोन, पावर ब्यांक, डाटा केबललगायतका सामाग्रीहरु सूपथ मुल्यमा खरिद गर्न सकिनेछ । शोरुमले सिधै छिमेकी मुलुक चीनबाट उच्च गुणस्तरका विभिन्न एसेसरिज आयात गरेर बिक्री गरिरहेको छ ।