साप्ताहिक संवाददाता
दाङ तुलसीपुरका हाइप्रोफाइल ब्यापारी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न युवतीसहित फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विशेष प्रहरीको टोलीले नेपाल—भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घटनाका अपहरणमा संलग्न तुलसीपुर—६ की १७ वर्षीय पुजा घर्ती उनका बुवा तथा घटनाका मुख्य योजनाकार निर्मल भनिने टीकाराम घर्ती र ३५ वर्षीय मानबहादुर घर्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
२६ जेठमा अपहरणमा परेका ब्यवसायी श्रेष्ठ हत्या गरिएको अवस्थामा २१ दिनपछि सल्यानको झिम्पे लेक भन्ज्याङमा फेला परेका थिए । फिरौती असुल्न टीकाराम घर्तिले आफ्नी छोरी पुजालाई प्रयोग गरेर ब्यवसायी श्रेष्ठको अपहरण गराएका थिए ।
अपहरण संलग्न चार जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।
थप जानकारीका लागि
कसरी भएको थियो व्यवसायी श्रेष्ठको अपहरण र हत्या