साप्ताहिक संवाददाता
असार २९, २०७४
दलित युवतीहरुलाई सृजनशिल बनाउनका लागि मोरङको पथरीशनिश्चरे बुधबार मिस विश्वकर्मा इन्टरनेशनलको प्रथम अडिसन सम्पन्न भएको छ । मोनाली इन्टरटेनमेन्टको आयोजनामा पूर्वमा रहेका विश्वकर्मा युवतीहरुका लागि अडिसन भएको हो ।
मोरङ, झापा, इलाम लगायतका क्षेत्रबाट १४ युवतीले प्रतिस्पर्धामा सहभागीता जनाएका छन् । साउन ५ गते काठमाडौं र साउन ७ गते पोखरामा अडिसनपछि उत्कृष्ठ १० छानेर काठमाडौंमा तालिम प्रदान गरिने आयोजकका अध्यक्ष दीपक बराइलीले बताए ।
आइएमइ, बराह ज्वेलर्स काठमाडौ, सौर्य एयरलायन्स, गीता अवेशन, टीभीएस सुजुकी मोटरसाइकल कम्पनी लगायतको प्रायोजन रहेको कार्यक्रमको फाइनल प्रतिष्पर्धा भने सेप्टेम्बर ७ मा कतारमा हुने बराइलीले जानकारी दिए । प्रतियोगिताको विजेताले स्कुटर सहितका पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।