साप्ताहिक संवाददाता
एक्सन इन्टरटेनमेन्ट र प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा ‘मिस लिटिल आइडल २०१७’ को सुरु भएको छ । यो प्रतियोगीतामा ८ देखि १३ वर्षका बालिकाहरुले सहभागिता जनाउन पाउाने भएका छन् । आयोजक संस्थाले हिजो राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित विद्यालय, अभिभावक एवं विद्यार्थीलाई आवेदन फारम भर्न आग्रह गरेका छन् ।
प्रतियोगीताले विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्नुका साथै लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधार गर्ने भएका मिस लिटिल आइडललाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
प्रतियोगीताका शिर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसाग समन्वय गरी मासिक शुल्कमा एकवर्षको छात्रवृति, फस्ट रनरअप एवं सकेन्ड रनरअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसाग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने छ ।
सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसाग गत वर्षदेखि प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो । मिस लिटिल आइडलको यो आठौ संस्करण हो । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी भदौं १० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने छ ।