
साप्ताहिक संवाददाता

रियालिटी शो स्टार किम कार्दशिनको चर्चा आफ्नै कारणले वा अरूका कारणले भैरहेको हुन्छ । अहिले उनको चर्चा मियामीकी एक मोडलले उनीजस्तै बन्न गरेको कस्मेटिक सर्जरीका कारण भैरहेको छ । मियामीकी ३१ वर्षीया ती मोडलले आफुलाई किम जस्तो देखाउन उनको इन्स्टाग्राम फलो गरेर सूक्ष्म रूपमा उनको रूपको विश्लेषण गर्दै आफ्ना अंगहरूको प्लास्टिक सर्जरी गराउँदै आएकी छिन् ।
उनले कार्दशिनले लगाउने पहिरन त सजिलै कपि गर्छिन् भने अनुहार र शरीरलाई पनि त्यस्तै देखाउन नाक, स्तन, ओठ, चिउँडो र अनुहारका विभिन्न भागमा बोटोक्स इन्जेक्सन लगाइसकेकी छिन् । अब उनको रहर भनेको किमको जस्तो पुठ्ठा बनाउने छ । उनी सिलिकन लगाएर भए पनि किमको जस्तो पुठ्ठा बनाउने सोचमा छिन् । उता उनका प्रेमी भने कृत्रिम पुठ्ठा नरुचाउने किसिमका छन् । अब ती युवतीसमक्ष आफ्नो प्रेमीलाई फकाउनुपर्ने थप चुनौतीसमेत आइपरेको छ ।