श्रावण २०, २०७४
शंकर आर्ट फाउन्डेसनको आयोजनामा मोरङको उर्लाबारीमा मिस टिन–२०१७ सञ्चालन हुने भएको छ । उर्लाबारी नगर क्षेत्रका १३ देखि १९ वर्षसम्मका २३ जना किशोरी यो प्रतिस्पर्धामा सहभागी छन् ।
साउन २१ गते पशुपति मा.वि., उर्लाबारीमा हुने फाइनल प्रतिस्पर्धाअघि साउन १४ गते शनिबार होटल वन्डरल्यान्डमा सहभागीहरूले आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगितामा सहभागी किशोरीहरूका लागि अहिले विभिन्न प्रशिक्षण प्रदान गर्ने कार्य भैरहेको छ ।