साप्ताहिक संवाददाता
नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारेर गायक गणेश पटेनी भाटले ‘हेरन ऐना’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।
गायक गणेशको ‘हेरन ऐना’ गीतमा शब्द, लय तथा स्वर गायक स्वंयमको रहेको छ । उनलाई उक्त गीतमा निकै चर्चित गायिका देवी घर्ती मगर ‘ढकाल’ले स्वरमा साथ दिएकी छन् ।
पछिल्लो समय तिज गीतको नाममा निकै छाडापन आईरहेको बेलामा गायक गणेशले भने बिल्कुलै फरक र मौलिक पन बोकेको तिज गीत ‘हेरन एैना’ बजारमा ल्याएका हुन् । गायक गणेश भन्छन्, ‘तिज गीत बिशेष गरि नारीहरुको बर्षदिनमा आईपरेको दु:ख, वेदना तथा कष्टहरु माईतमा गई पस्कने एउटा मौलिक चड पर्व हो । तर, पछिल्लो समय तिजको नाममा निकै बलंकअरु देखिएका छन् ।’
गीतको म्युजिक भिडियोतर्फ बिक्रम चौहानको निर्देशनमा नायक सुशान्त कार्की र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । जसलाई अजय रेग्मीले छायांकन गरेका हुन्, भने मिलन बिकले सम्पालन गरेका हुन् ।
हेरन ऐनाको म्यूजिक भिडियो