साप्ताहिक संवाददाता
नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर ललितपुर मलमा चौथो मोवाइल एक्स्पो आयोजना हुने भएको छ । मेला आगामी भदौ १६ गते देखि २६ गतेसम्म आयोजना हुने जानकारी एक्स्पोले दिएको छ ।
यसपटक आयोजना हुने ललितपुर मोबाइल एक्स्पोमा ग्राहकले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट दिने ब्यवस्था गरिएको छ । त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ, हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।
कम्प्लेक्सको एक्स्पोको अवसरमा दिने अफरहरुसँगै विभिन्न मोबाइल ब्राण्डले ल्याएका अलग्गै अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ । मेलामा यसपटक सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । मेलामा यसपटक ९ सय रुपैंया देखि १ लाख ४० हजार रुपैंया पर्ने मोवाइल फोनहरु राखिएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुमको रुपमा रहेको कम्प्लेक्सले महान चाडको अवसर पारेर यो योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । मेलामा गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध हुन्छन् भन्ने ग्राहकलाई थाहा भईसकेको छ । अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बाँड्न चाहन्छौं, अध्यक्ष बस्नेतले भने ।