- डा. बालकृष्ण साह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल
गर्भावस्थामा व्यायाम गर्न मिल्छ तर कस्तो व्यायाम ? यस्तो अवस्थामा पेटमा धेरै असर गर्ने, भारी बोक्ने र धेरै शक्ति खर्चिने व्यायाम गर्न मिल्दैन । गर्भवती महिलाहरूले हल्का खालका व्यायामहरू जस्तै— मर्निङ वाक, घरका सामान्य कामकाज, करेसाबारीको काम गर्दा रक्तसञ्चार राम्रो हुने भएकाले फाइदाजनक हुन्छ ।
गर्भवती महिलाहरूले चौबीसै घण्टा आराम मात्र गर्नु हुँदैन । यद्यपि कुनै जोखिममा रहेका गर्भवतीहरूले कुनै पनि व्यायाम गर्न नमिल्ने हुन सक्छ । विशेषगरी पहिलो तीन महिना र अन्तिमको तीन महिना अलिक बढी जोखिम हुने भएकाले उक्त समयमा आराम बढी गर्नुपर्ने हुन सक्छ ।
यौनको पुस्तक
पुस्तकको शीर्षक हेरेर यसभित्रको विषयवस्तु अनुमान लगाउने हो भने गलत हुन सक्छ । यो यौनको अश्लील विषयवस्तु समेटिएको पुस्तक होइन, बरु सबैका लागी उपयोगी पुस्तक हो । यो पुस्तकमा यौन स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारीहरू समेटिएका छन् । यो पुस्तकले यौनका सम्बन्धमा आममानिसको मनमा रहेका भ्रमहरू हटाउन सघाउ पुर्याउँछ ।
यौन मनोविज्ञान, चुम्बन, सेक्स हार्मोन, शीघ्र स्खलन, असुरक्षित यौनसम्पर्क, सुहागरात, साइबर सेक्स, यौन र भोजन, कन्डमको नालीबेली, यौनमा औषधिको प्रभाव, यौन र भोजन जस्ता अध्यायले धेरै कुरा बुझाउन मद्दत गर्छन् ।
यसबाहेक पुरुष र महिलाको यौन जीवनमा आइपर्ने समस्या, यौनाङ्गमा आइपर्ने समस्या तथा तिनको समाधानका बारेमा पनि पुस्तकमा विस्तृत जानकारी समेटिएको छ । टिनएज प्रेगनेन्सी तथा युवाका यौनजन्य समस्याहरूका बारेमा पनि व्याख्या गरिएको यो पुस्तक टिनएज, युवादेखि पाकाहरूका लागि समेत उपयोगी छ । डा. सुमनराज ताम्राकारद्वारा लिखित यो पुस्तक बुक आर्ट नेपालले बजारमा ल्याएको हो जसको मूल्य १ सय ९५ रुपैयाँ छ ।