आश्विन २९, २०७४
तपाईंलाई नाकको प्वालबाट रौं निस्कँदा कस्तो लाग्छ ? झन्झटिलोभन्दा पनि आफू अनाकर्षक भए जस्तो लाग्छ हैन ? यो समस्याबाट धेरै महिला–पुरुषहरू गुज्रिरहेका छन् । एक फेसन ब्लगरले नाकको प्वालबाट निस्कने रौंमा पनि सुन्दरता हुन्छ र यसलाई सबैका सामु प्रस्तुत गर्नुपर्छ भनेर तयार पारेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
२७ वर्षीया फेसन ब्लगर सोफी हनाह रिचर्डसनले युवतीहरूले परेला राम्रो बनाउन लगाउने आइल्यासेसलाई नाकको रौंमा प्रयोग गरेर खिचिएको उक्त भिडियोले धेरैलाई आश्र्चय चकित तुल्याएको छ । उक्त भिडियोमा धेरै किसिमका प्रतिक्रिया आइरहे पनि यो शैलीले कुनै दिन सकारात्मक रूप लिने कुरामा सोफी विश्वस्त छिन् ।
सोफी भन्छिन्– १८ सेकेन्डको भिडियोमा मैले यो पनि फेसनको एउटा ट्रेन्ड हुनसक्छ भन्ने कुरा देखाएकी हुँ– बाँकी तपाईंहरूको इच्छा ।