साप्ताहिक संवाददाता
आश्विन ३०, २०७४
रंगोली प्राचीन सांस्कृतिक परम्परा तथा लोककला हो । यसलाई शुभ प्रतीक मानिन्छ ।
पूजा, विवाह, उत्सव एवं चाडपर्वका बेला सुख्खा तथा प्राकृतिक रंगबाट रंगोली बनाइन्छ ।
प्राय: लक्ष्मी पूजाका दिन रंगोली बनाइन्छ । यो दिन साधारण ज्यामितीय आकार, स्वस्तिक चिह्न, मयूर
तथा देवदेवताका आकृतिका रंगोली निर्माण गर्ने चलन छ ।
पहिले–पहिले सुख्खा चामलको पीठो, सिन्दूर तथा अन्य प्राकृतिक रंगबाट रंगोली बनाइन्थ्यो । आजभोलि फूल, चामल तथा अन्य वस्तुबाट पनि रंगोली तयार पारिन्छ ।
रंगोली ढोका, आँगन तथा पूजाकोठामा बनाइन्छ । जहाँ बनाए पनि रंगोली बनाउने स्थान सफा हुुनुपर्छ ।