साप्ताहिक संवाददाता
कार्तिक ८, २०७४
अनाथ बालबालिकाहरुको सहयोग गर्न भन्दै कलाकारको एक टोली दुबईमा एक कार्यक्रममा सहभागी हुने भएका छन् । डिसेब्बर २५ मा युनाइटेड अरब इमिरेट्सको दुबईमा हुने एक भव्य कन्सर्टमा सहभागी हुने भएका हुन् । आयोजक ग्रिष्मा इन्टरटेन्मेन्टले उक्त कुराको जानकारी गराएको हो ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल र हेमन्त रानाका साथमा गायिका इन्दिरा जोशी, हास्य अभिनेता सन्दिप क्षेत्री तथा नृत्याङ्गना एवं अभिनेत्री नम्रता सापकोटाले दुबईमा रहेका नेपालीहरु सामू आफ्नो प्रस्तुति दिने भएका छन् ।
‘शुभयात्रा साँझ’ शिर्षकमा अंग्रेजी नयाँ बर्षको छेको पारेर आयोजना हुने कन्सर्ट दुबईमा डिसेम्बर २२ तारीखमा हुने बताइएको छ । ‘दुबईको शुभयात्रामा सहयोग रकम राम्रो संकलन भएको खण्डमा आफ्नो यो शुभयात्रा विश्वका अन्य मूलुकहरुमा पनि जारी रहने आयोजक संस्थाले बताएको छ ।