कार्तिक १०, २०७४
क्रिस्टियनहरूले मृत आत्माको सम्झनामा मनाउने हलोविन पर्व आगामी कात्तिक १४ गते मनाइँदैछ । यो पर्वमा मृत आत्माको सरल बहिर्गमन होस् भन्ने कामना गरिन्छ ।
हलोविनमा मुख्यतया पाकेको फर्सीलाई कुँदेर मानिसको मुहारको आकृति दिइन्छ र त्यसभित्र बत्ती बालिन्छ ।
त्यसबाहेक कतिपय स्थानमा विभिन्न किसिमका पोसाकमा परेडको आयोजना हुन्छ भने कतिपय स्थानमा भूत बनेर झुक्याउने अनि तर्साउने काम समेत गरिन्छ । यो दिन केही क्रिस्टियनले शाकाहारी खाना मात्र खान्छन् ।