कार्तिक २०, २०७४
पुरुष
स्टुअर्ट ह्युग्स ब्रान्डको बिक्री वितरण गर्दै आएको कम्पनीले पुरुषहरूका लागि तयार गरेको स्टुअर्ट ह्युग्स डायमण्ड एडिसन नाम दिइएको एउटा सुटको मूल्य ८ लाख ९२ हजार ५ सय डलर थियो । ८ सय घन्टा लगाएर डिजाइन गरिएको तथा सिलाइएको उक्त सुट ऊन, क्यास्मियर तथा सिल्कबाट बनेको कपडामा हिराहरू जडान गरी तयार गरिएको थियो । स्टुअर्ट ह्युग्सद्वारा डिजाइन गरिएको उक्त सुटलाई रिचर्ड ज्वेल्सले सिलाएका थिए । यो सुट जम्मा ३ थान तयार पारिएको थियो ।
महिला
हलिउड अभिनेत्री निकोल किडम्यानले सन् १९९७ को एकेडेमिक एवार्ड (ओस्कार पुरस्कार) समारोहमा लगाएको गाउन शैलीको पहिरनलाई अहिलेसम्मकै सबैभन्दा महँगो पहिरन मानिएको छ । त्यतिबेला २० लाख डलर तिरिएको उक्त पहिरन क्रिश्चियन डियोर कम्पनीका लागि जोन ग्यालियानोले डिजाइन गरेका थिए ।