साप्ताहिक संवाददाता
कार्तिक २९, २०७४
यो साताबाट प्रदर्शनमा आउने चलचित्र ‘झ्यानाकुटी’ले ल्याएको फोटो कन्टेस्टको अहिले निक्कै चर्चा छ । ‘झ्यानाकुटी फोटो कन्टेस्ट’मा विभिन्न सेलिब्रेटीले सहभागीता जनाएर चलचित्र यूनिटलाई साथ दिएका छन् ।
कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 / #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गरिरहेका छन् ।
त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पुरस्कार पाउँने निर्माण यूनिटले जनाएको छ । विभिन्न सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर सामाजिक सञ्जालमा निक्कै भेटिन्छन् ।
प्रदीप भारद्वाजको कथा रहेको यो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ ।