साप्ताहिक संवाददाता
यो रिपोर्टमा बदलिँदो नेपाली समाजको तस्बिर झल्कन्छ (फ्रन्टपेज : धन्दा नक्कली अपहरणको) । पैसाका लागि आफ्नै परिवारका सदस्यहरूलाई कसरी तनाब दिइन्छ, प्रस्ट भयो । अभिभावकहरूले आफ्ना सन्तानमाथि कडा निगरानी राख्न जरुरी भैसकेको छ ।
कृष्ण काफ्ले
मान्छे मार्नु, अपहरण गर्नु, धम्क्याएर पैसा असुल्नु, फिरौती लिनु, लागूऔषधको व्यापार गर्नु, अवैध हतियार बोक्नु, उद्योगी–व्यापारीलाई धम्क्याउनु, ठेक्का–पट्टामा हस्तक्षेप गर्नु, लुट्नु र सर्वसाधारण व्यक्तिलाई तर्साउनुलाई यदि समाजसेवा भनिन्छ भने हे भगवान् यस्तो समाजसेवा कसैले नगरोस् (अन्तरवार्ता : मलाई कति बदनाम गर्न सकेको हो ?) । मनाङेजीजस्तै नेताहरूले चुनाव जितेर सरकार चलाए जनताले पनि विकास–विकास भनेर कराउनुपर्ने थिएन । बजेट, सुरक्षा कुनै कुराको खाँचो हुने भएन अब ।
हिमशंकर केसी, टंक नेपाल
अमेरिका सोचे जति सुरक्षित र सुन्दर छैन भन्ने कुरा यो लेखबाट प्रस्ट हुन्छ (यात्रा सन्दर्भ : ब्रान्ड न्युयोर्क) । ज्यान जोखिममा राखेर, लाखौं रुपैंयाँ खर्च गरेर मानिसहरू किन अमेरिका पस्छन् ? बुझ्न सकिएन । दिनदहाडै गोली प्रहार अनि लुटपाटका घटना उत्तिकै बढिरहेका छन् । अमेरिका भन्दा नेपाल नै बढी सुरक्षित छ ।
सन्तोष रिमाल
डिभी परेर अमेरिका पसेका जति सबै खुसी छैनन् (डिभीको घनचक्कर) । नेपालमा जतिसुकै नाम कमाए पनि उता पुगेपछि शून्यबाटै जीवन सुरु हुन्छ । पैसाले मात्र सन्तुष्टि दिँदैन ।
लक्ष्मी न्यौपाने
बोक्न झन्झट नहुने भएकाले वायरलेस चार्जर बढी सजिलो लाग्यो (के हो वायरलेस चार्जर ?) तारवाला भन्दा वायरलेस चार्जर नै बढी प्रभावकारी होला ।
हितेस कार्की
गायक–गायिकाको तुलनामा गीतकार पछि परेकै हुन् (चर्चामा : संगीतकार नै गीतको पहिलो गायक) । मिडियाले गायक गायिकाको नाम लिन्छन्, तर गीतकारको नाम कमै लिएको सुनिन्छ । विभिन्न कार्यक्रममा पनि गायक–गायिका नै अगाडि देखिन्छन् । गीतकार जहिले पनि छायाँमै पर्छन् । उनीहरूले रोयल्टी पनि पाउँदैनन् तसर्थ गीतकारहरूप्रति न्याय होस् ।
प्रमोद
कलाकारहरूले पुर्याएको योगदानलाई सलाम छ (कम्प्युटर बोकेर मनोज र माण्डवी गाउँमा) । अरूले पनि मनोज र माण्डवीको जस्तै उदारता देखाऊन् ।
दिपु अग्रवाल
करिश्माको राजनीतिक क्षमता अब देखिनेछ (करिश्मालाई लोटरी) । कलाकारितामा सफल भए पनि राजनीतिमा त्यति उचाइ लिन सक्छिन् कि सक्दिनन् हेर्न बाँकी नै छ ।
अशोक पौडेल
अन्य चलचित्रमा जस्तै बिपिन कार्कीको नयाँ चलचित्र ‘नाका’ पनि राम्रै बन्नेछ भन्ने अपेक्षा छ (विपिनको नाका) । आम दर्शकको मन जित्न सफल होस्— शुभकामना ।
बिक्की मल्ल
घोषणापत्रमा राम्रा–राम्रा कुरा लेखेर मात्र हुँदैन (गजुरियल विश्लेषण : डेट एक्सपायर घोषणापत्र) । व्यवहारमा उतारेर देखाउनुपर्यो ।
भिक्ट्री मैनाली
दाजु–बहिनीको सम्बन्ध होस् त यस्तो (मैदान बाहिर : हामी दाजु–बहिनी) । कस्तो उदाहरणिय सम्बन्ध ।
आशा मगर
सुमन सौरभको लघु कथा मनपर्यो (लघुकथा : विद्रोह) । नयाँ प्रतिभाहरूका यस्तै रचना पढ्न पाइयोस् ।
महेश राना