साप्ताहिक संवाददाता
मंसिर २०, २०७४
हातमा चलचित्र नहुँदा विभिन्न क्रियाकलापमार्फत चर्चामा आउन खोज्ने अभिनेत्रीहरू हलिउड र बलिउडमा प्रशस्तै छन् । त्यस्तै क्रियाकलाप गर्ने अभिनेत्रीहरू नेपालमा समेत देखिएका छन् । प्रसंग हो सुष्मा कार्कीको । यी अभिनेत्रीसँग यतिबेला चलचित्रहरू छैनन् ।
फुर्सदको यही क्षणलाई उनले स्विमिङ पुलमा गएर सदुपयोग गरेकी छिन् । मंसिरको बढ्दो चिसोलाई बेवास्ता गर्दै सुष्माले रातो बिकिनीमा सजिएर पौडीको मज्जा मात्र लिएकी छैनन्, कामुक शैलीका तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोडसमेत गरेकी छिन् ।
सामाजिक सञ्जालमा सुष्माले ती तस्बिरहरू सार्वजनिक गर्नेबित्तिकै केही अनलाइन पत्रिकाले त्यसलाई गसिप बनाउन भ्याइसकेका छन् । चलचित्र नभए पनि चर्चामा आउने यो काइदा अपनाउने सुष्मालाई मान्नै पर्छ बा ।