साप्ताहिक संवाददाता
नेपाली संगीत उद्योगमा भिडियो सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निशान घिमिरेले निर्देशन गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । करिब ८ बर्षपछि घिमिरेले गीतको म्युजीक भिडियो निर्देशन गरेका हुन् ।
भिडियो सम्पादनमा अब्बल रहेका घिमिरेको निर्देशनमा बनेको उक्त गतिको भिडियो सामान्यतया अहिले बनेका गीतहरुको भिडियो भन्दा फरक शैलिको रहेको छ ।
उनले म्यूजिक भिडियो मार्फत कलाकारमा नयाँ प्रयोग गरेका छन् । भिडियोको सबैभन्दा रोचक पक्ष भनेको पात्रहरुलाई प्रयोग गरेको विम्व वास्तविक जस्तै देखिनु हो ।
सन्तोष कालिकोटेको स्वर तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको उक्त गीतमा डम्मर हिङमाङको शब्द तथा संगीत रहेको छ । बिकास दाहालले सम्पादन गरेको गीतमा क्यामेरा पर्सन उत्सव दाहाल रहेका छन् । उक्त गीतको भिडियोमा राज संगीत र रोशनीले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :