साप्ताहिक संवाददाता
ओमनिया द हिडन ब्यूटीको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा ‘सुपर प्लस साईज मोडल नेपाल–२०१८’ सौन्दर्य प्रतियोगिताको ग्रुमिङ तथा ट्रेनीङ सुरु भएको छ ।
यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन । यो प्रतियोगिता मार्फत प्लस साइज (मोटोपन) को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले सहभागीलाई प्रशिक्षण दिने छन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने आयोजक डेभिल सिंह राजपुतले जनाएका छन् ।