नयाँ वर्ष २०१८ को अवसर पारेर धनकुटाको भेडेटारमा फुड फेस्टिबल सम्पन्न भएको छ । फेस्टिबलमा स्थानीय रूपमा उत्पादित अग्र्यानिक सागसब्जी, फलफूल तथा स्थानीय स्तरमा निर्मित हस्तकलाका सामग्रीलगायत स्थानीय खाद्यवस्तुहरू प्रदर्शनी गरिएको थियो । छैटौँ पटक आयोजित यो फेस्टिबलले भेडेटारको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
फेस्टिबलको पहिलो दिन स्थानीय कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्नुका साथै गरिमा डान्स सेन्टर धरानले समेत प्रस्तुति दियो भने दोस्रो दिन राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा चर्चित गायक राजेश पायल राईले समेत प्रस्तुति दिएका थिए ।
फेस्टिबल अवधिभरमा पर्यटकहरूका लागि पाथिभरा मन्दिर, साँघुरीगढी, शंखेश्वर महादेव, आत्मा बस्ने घर, नमस्ते झरना, थुम्की बौद्धबिहार, मगर, राई र लिम्बूको होमस्टे, रानी तालका साथै नागबेली पार्क समेतको अवलोकलन लागि छुट्टै टुर प्याकेजको व्यवस्था मिलाइएको थियो ।