साप्ताहिक संवाददाता
पुस २४, २०७४
गत साता राजधानीको न्युरोडस्थित सासा ब्याङ्क्वेटमा सम्पन्न ‘मि. एण्ड मिस ग्ल्यामरस आइकन’ मा फणेन्द्र प्रसाईं र सुष्मा थापाले उपाधि उचालेका छन् । प्रतियोगीताको दोस्रो संस्करणमा नविन श्रेष्ठ र पूजा कार्की फस्ट रनर अप, विक्रम सिंह मैनाली र न्यान्सी श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका छन् ।
यसैगरी, सन्जय तुलाधर र मोनिका श्रेष्ठ थर्ड रनर अप विजेता घोषित बनेका थिए । प्रतियोगितामा राज खड्का र प्रियंका लामालाई मि. एण्ड मिस ग्ल्यामसरस आइकन टिनको उपाधि प्रदान गरिएको थियो । ग्ल्यामरस आइकनको आयोजनामा सम्पनन उक्त प्रतियोगीतामा दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थिए ।