साप्ताहिक संवाददाता
पुस २६, २०७४
मिस ब्यूटिफूल तथा मिसेज ब्यूटिफूलको उपाधि एन्जिला कार्की तथा संगिता न्यौपानेले उचालेका छन् । दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न उक्त प्रतियोगीताका लागि करिव १ महिना लामो प्रशिक्षण चलेको थियो । एन्जिलाले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्यूटिफुलको उपाधि उचाल्दा संगिताले १० प्रतिस्पर्धीलाई पछि पारेकी थिईन् ।
आस्विनी झाको कोरियोग्राफिमा सम्पन्न प्रतियोगीताले मोडलिङका क्षेत्रमा सम्भावना बोकेका नयाँ प्रतिभा जन्माउँने बताईएको छ । मदनकृष्ण श्रेष्ठको प्रमुख आतित्थतामा सम्पन्न प्रतियोगीतामा अभिनेत्री संचिता लुर्इंटेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक सिताराम पोखरेललगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।