साप्ताहिक संवाददाता
पुस २९, २०७४
नेपाली कथानक चलचित्र ‘यो समाज’को गीत सार्वजनिक भएको छ । ‘यो गाउँको कान्छो’बोलको सार्वजनिक गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईले आवाज भरेकी छिन् । मेलिनासँगै गीतमा पुर्वेली गायक सुबी राईको पनि आवाज रहेको छ ।
लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको गीतमा गायक राईको संगीत रहेको छ । नविन भुजेलले निर्देशन गरेको चलचित्रमा सञ्जोक, सरिना लगायतका कलाकारले अभिनय गरेका छन् । गीतको भिडियोमा मनि कुमार राईको नृत्य निर्देशन रहेको छ ।
गीतको भिडियो :